लोकनृत्य प्रतियोगिताको उपाधि गुरुकुललाई : आधारभूततर्फ मोरङ ज्ञानोदय र हिमाली सेकेण्डरी प्रथम


बेलबारी, २ पौष । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) सुन्दरहरैँचा र बेलबारीको आयोजनामा भएको लोकनृत्य प्रतियोगिता २०७९ को उपाधि माध्यमिक तहतर्फ गुरुकुल पाठशाला बेलबारीले जितेको छ । आधारभूत तहतर्फ बेलबारीको मोरङ ज्ञानोदय र सुन्दरहरैँचाको हिमाली सेकेण्डरी स्कुल विराटचोक प्रथम भएका छन् ।

प्रतियोगितामा सुन्दरवाटिका एकेडेमी गोठगाउँ दोस्रो, रेसनल एकेडेमी सलकपुर तेस्रो भएको छ । त्यस्तै सगरमाथा हिमाल दर्शन स्कुल बेलगाछी र कालीदेवी इङ्लिस स्कुल विराटचोकले सान्त्वना स्थान हात पारेका छन् ।
बेलबारीका विद्यालयबिच भएको प्रतियोगिताको माध्यमिक तहतर्फ डेल्टा इङ्लिस स्कुल दोस्रो र मोरङ ज्ञानोदय तेस्रो भएका छन् । आधारभूततर्फ गुरुकुल पाठशाला दोस्रो, डेल्टा इङ्लिस स्कुल तेस्रो र मोरङ चिनारीले सान्त्वना पुरस्कार हात पारेका छन् । सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगितामा विजयी विद्यालयलाई ट्रफी र प्रमाणपत्र तथा सहभागी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । विभिन्न ३ विधामा नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो ।
सुन्दरहरैंचाका ७ वटा विद्यालय तथा बेलबारी जुनियरतर्फ ४ र सिनियरतर्फ ३ विद्यालयले प्रतियोगितामा भाग लिएको एन प्याब्सन बेलबारीका अध्यक्ष कुमार खुलालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्