चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतको आदेश


काठमाडौं । सिरीअल किलर भनेर चिनिने फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई सर्वोच्च अदालतले छाड्न आदेश दिएको छ । नेपालमा १९ वर्षदेखि कारागारमा रहेका चार्ल्सलाई तत्काल रिहा गर्न सर्वोच्चले आदेश दिएको हो।

न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्सलाई आजै कैदबाट मुक्त गर्न र आदेश भएको १५ दिन भित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन आदेश दिएको छ । आदेशमा वृद्धको सुविधा दिएर छाड्न भनिएको छ । शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

उनी बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिन्छन् । सन् १९७५ मा दुई विदेशी पर्यटकको हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि चार्ल्सलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो। उनी सन् २००३ मा काठमान्डुमा पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्