सगरमाथा इङ्लिस स्कुलको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


बेलबारी । सगरमाथा इङ्लिस स्कुलको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बेलबारी वडा नं.१ मा रहेको विद्यालयले आफ्नै प्राङ्गणमा शनिवार कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले किताबी ज्ञानसँगै खेलकुद, सांस्कृतिक, साहित्य लगायतको क्षेत्रमा विद्यार्थीहरूमा भएको अभिरुचिले पनि भविष्य उज्ज्वल बनाउन सक्ने बताए ।कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक नृत्य तथा कला साथै विज्ञान प्रदर्शनीको प्रशंसा गर्दै अभिभावकहरूले बालबालिकाको अभिरुचि अनुसार साथ दिन राईले आग्रह गरे । पुस्तकको पाठ्यक्रमसँगै व्यवहारिक शिक्षामा जोड दिनु पर्ने राईले बताए । राईको पनि ३ दशक भन्दा बढी शिक्षा क्षेत्रको अनुभव रहेको छ ।


विद्यालयले कार्यालय सहयोगी दुर्गा राई र सहशिक्षिका अपेक्षा श्रेष्ठ सम्मान गरेको छ । दुवैलाई नगर प्रमुख राईले सम्मान गरेका छन् । अभिभावकहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । विद्यालयद्वारा नवराज सुवेदी, तीर्थराज सिग्देल, बाबुराम खड्का र कृष्णबहादुर गुरुङलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । साथै विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरू पुरस्कृत भएका थिए ।


कार्यक्रममा बेलबारीका एक बौद्धिक व्यक्तित्व, शिक्षक स्वर्गीय हर्कमान गुरुङको स्मृतिमा उनका दिदी शोभा गुरुङले कक्षा ५ मा अध्ययनरत दिपु चौधरीलाई शिक्षा सामाग्री खरिदको लागि रु.५ हजार सहयोग प्रदान गरिन । कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम कुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्