अर्किड बेलबारीको फेमेली केयर सेन्टरको उद्घाटन तथा सामाजिक परीक्षण कार्यक्रम


मोरङ। लामो समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै आएको संस्था अर्किड बेलबारीले एक कार्यक्रमकारबिच आफ्नो सातौँ वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । बेलबारी –२ लालभित्तीमा रहेको संस्थाको कार्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख राईले संस्थाले समाजमा पुर्‍याएको कार्यलाई सह्रानीय रहेको बताउँदै संस्थाले सामुदायिक विद्यालयमा पुगेर विद्यार्थी तथा अभिभावक लागि गरेको सचेतना कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । नगरप्रमुख राईले बालबालिकाको क्षेत्र भनेको संवेदनशील भएको बताउँदै सामाजिक परीक्षण गर्ने कार्यलाई सुशासनको अभ्यास रहेको बताए । कार्यक्रममा बेलबारी नगरपालिका वडा न २ का अध्यक्ष कृष्णबहादुर गुरुङ, सोही वडाका निवर्तमान अध्यक्ष घनश्याम गौतम, वडा सदस्य दीपक लिम्बू र सेवा क्षेत्रका विद्यालयका प्रधानाध्यापक तथा विभिन्न सामाजिक सङ्घ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

अर्किड बेलबारीका कर्मचारी सुजन भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अर्किड बेलबारीका संयोजक रेवती तिवारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सिपिसियसका अध्यक्ष नवराज पोखरेल नवसिलाले कार्यक्रमको उद्देश्यमाथि प्रस्तुत गरेका थिए । कार्यक्रममा बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष कृष्णबहादुर गुरुङ, निवर्तमान वडा अध्यक्ष घनश्याम गौतम, महेन्द्र मावि सुन्दरहरैँचा –११ का प्रधानाध्यापक सुनिल झा, कबीर मावि बेलबारी –२ का प्रधानाध्यापक प्रेमकुमार कार्की, जनता मावि बेलबारी १ का प्रधानाध्यापक शम्भु खनाल, कबिर माविका विद्यार्थी रेसम विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाले दाता संस्थाको सहयोगमा विगत लामो समयदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाका अध्यक्ष आइतराज लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका कोषाध्यक्ष हर्कराज बस्नेतको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्