प्याब्सन मोरङको यु–१५ प्रेसिडेन्ट फुटबल प्रतियोगिताको उपाधि जुपिटरलाई


बेलबारी, १३ पौष । निजी तथा आवासीय विद्यालयको सङ्गठन प्याब्सन मोरङको आयोजनामा सम्पन्न ‘प्याब्सन प्रेसिडेन्ट अण्डर १५ ब्याइज फुटबल प्रतियोगिता’को उपाधि जुपिटर इङ्लिस स्कुलले चुमेको छ । बेलबारी ११ मा रहेको लक्ष्मी खेलमैदानमा सम्पन्न प्रतियोगितामा २ का विरुद्ध ४ गोलले वाल्मीकि इ. स्कुल पथरीलाई हराउँदै जुपिटर इङ्लिस स्कुल सुन्दरहरैँचाले उपाधि चुमेको हो ।

निर्धारित समयमा एक एक गोल भए पछि ट्राइब्रेक्ररले खेलको निर्णय भएको थियो । ट्राइब्रेक्ररमा जुपिटरले ३ गोल गोल गर्दा वाल्मीकिले १ गोल मात्र गरेपछि खेल ४–२ मा सिद्धिको थियो । प्रतियोगिताको मेन आफ द म्याच जुपिटरका शिव राई घोषित भए भने जुपिटरका राहुल दास वेस्ट गोलकिपर, सुशान्त चौधरी वेस्ट फिल्डर र वाल्मीकिका सायल लिम्बूले वेस्ट फरवाड, मनिस लिम्बू वेस्ट मीड फिल्डर घोषित भए । प्रतियोगितामा राइजिङ प्लेयरमा सिंहदेवी एकेडेमी बेलबारीका केनिश खड्का घोषित भए ।

विजयी टिम तथा खेलाडीलाई प्याब्सन प्रदेश नं १ का अध्यक्ष टिकाराम ढकाल उपाध्यक्ष उपाध्यक्ष अर्जुन बस्नेत, प्याब्सन मोरङ अध्यक्ष शीतला सुब्बा, नगरप्याब्सन बेलबारीका अध्यक्ष भगवतीप्रसाद घिमिरे लगायतले शील्ड, पदक तथा प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा सक्रिय सहभागिता जनाउने प्याब्सन अन्तरगत पर्ने विद्यालयलाई प्रशंसा पत्र वितरण गरिएको थियो । पौष ११ गते बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले उद्घाटन गरेको यस प्रतियोगितामा जिल्ला भरिबाट ११ ओटा टिमको सहभागिता जनाएको प्याब्सन मोरङका सचिव जगत बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्