सुकुनामा स्वागत कार्यक्रम सम्पन्न


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्नातक तह पहिलो वर्षमा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले बिहीबार स्वागत कार्यक्रमको आयोजना स्वागत तथा शुभकामना प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख चन्द्रमणि राईले विद्यार्थीहरूलाई स्वागत तथा शुभकामना प्रदान गर्दै अध्ययनशील हुन आग्रह पनि गरे । कार्यक्रममा सहायक क्याम्पस प्रमुख अर्जुन अधिकारी, स्ववियु सभापति सन्तोष लिम्बू, पूर्व स्ववियु सभापति बद्री अर्याल, स्ववियु उपसभापति मिलन घिमिरे, राइजिङ स्टुडेन्ट अफ सुकुना समाज प्लस-टुका अध्यक्ष योगेश दाहाल, अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष मनोज लामा कार्की, ने.वि.संघ क्याम्पस कमिटीका उपाध्यक्ष जीवन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

रोहन खत्रीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । व्यवस्थापन जिम्मेवारी दिपेश श्रेष्ठले समालेका थिए । कार्यक्रममा निकिता कार्कीले स्वागत मन्तव्य राखेकी थिइन् भने मदन भण्डारी सञ्चालन गरेका थिएँ ।

प्रतिक्रिया दिनुहोस्