जनकपुर–जयनगर रेल कहिले चल्छ ?


काडमाण्डौँ, २१ कात्तिक / नेपालमा रहेको एक मात्र जनकपुर–जयनगर रेल नेपाल रेल्वे कम्पनी ५ वर्ष देखि बन्द रहेको अवस्थामा छ । नेपाल सरकारले केही वर्ष अगाडी रेल सञ्चालन गर्ने घोषणा गरे पनि रेल चलाउने कुनै तत्परता देखिएको छैन ।

नेपाल रेल्वे कम्पनी सन २०१४ देखिनै सक्रिय देखिएको छैन । कम्पनीमा आवश्यक कर्मचारीको दरबन्दी नहुनु, रेलमार्ग नै बिग्रिएकाले रेल विभागले सञ्चालनको मिति नतोकिनु , केही समय अगाडी कमला नदीको बाँध फुटेर रेलमार्गमा ठुलो क्षति भएका थिए । रेलमार्ग मर्मतका लागि बुधवार देखि भारतीय पक्षले काम थालेको छ ।

काम सक्न डेढ महिनाभन्दा बढी लाग्ने विभागका महानिर्देशक बलराम मिश्रको भनाई रहेको छ । नेपाल सरकारले रेल सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिने तयारीमा छ ।

निष्किृय रहेको रेल्वे कम्पनीलाई सक्षम कर्मचारी थपेर रेल्वे कम्पनीलाई उठाउनु सरकारको तयारी रहेको छ । २ सय कर्मचारीको दरबन्दी थप गर्न प्रस्ताव रहेको छ । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना हुँदा नै जनकपुर–जयनगर रेल नेपाल रेल्वे कम्पनीलाई दिएको थियो ।

रेल विभागले ८४ करोड ६५ लाख रुपैयाँ भारतको सरकारी कम्पनी कोकन रेल्वे कपरिसनसँग दुई वटा रेल अर्डर तयार भइसकेको छन् । ५ वटा डिब्बासहितका यी रेलमा एकै पटक १२ सय यात्रुले यात्रा गर्न सक्दछन् ।

रेलमार्गको मर्मत र कम्पनीमा कर्मचारीको दरबन्दी स्वीकृत भएर भर्ना प्रक्रिया टुङ्ग्याएपछि रेल चलाउन थालिने विभागले बताएको छ । विभागले दरबन्दी स्वीकृत भएर आएपछि अप्राविधिक कर्मचारी नेपालकै र प्राविधिक कर्मचारी भारतबाट करारमा ल्याइने तयारी गरेको छ । नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउनु पर्ने भएको हो ।

करिब १५ जना मात्रै कर्मचारी रहेको कम्पनीमा अहिले रेल्वे इन्जिनियरसहित मेकानिकल इन्जिनियर, रेल चलाउने ड्राइभर, स्टेसन म्यानेजर, टिकट काट्ने, र जाँच्ने लगायतको कर्मचारीको दरबन्दी सिर्जना गर्न लागिएको छ ।

भारतबाट आउने जनशक्तिले हाम्रा जनशक्तिलाई प्रशिक्षित दिने’ विभागका महानिर्देशक मिश्रले भने, ‘पछि हाम्रो मात्रै प्राविधिकहरू राखेर रेल चलाउन सक्छौँ ।’
रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार तयारी गरिदैछ । पहिले नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।

बोर्ड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम गत वर्ष नै सकिएको थियो । स्टेसनहरू बनेका छन् । ३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठुलो आकारको बनाइएको छ । भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृहहरू बनेको मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्