बेलबारीमा झोलुङ्गे पुल बन्दै


बेलबारी । बेलबारीमा झोलुङ्गे पुल बन्ने भएको छ । बेलबारी नगरपालिका वडा नं.३ र २ जोडने झोलुङ्गे पुल निर्माण हुने भएको हो ।

नगरप्रमुख राईका अनुसार करिब १८ महिनामा निर्माण कार्य सम्पन्न हुने छ । निर्माण कार्यमा कुनै लापरबाही भए तत्काल हतसम्मको कानुनी कारबाही गर्ने बताउँदै ठेकेदार तथा कम्पनीलाई गुणस्तर काममा कुनै पनि कन्जुसाई नगर्न राईले आग्रह गरेका छन् । पुल निर्माण लागिको शिलान्यास शुक्रवार भएको थियो ।

संघिय सरकारको सहयोगमा करिब रु.४ करोड ९१ लाखमा पुल निर्माण हुन लागेको बेलबारी वडा नं.३ का अध्यक्ष योगेन्द्र सुवेदीले जनाएका छन् । बेलबारी वडा नं. २ का अध्यक्ष कृष्ण गुरुङले निर्माण पछि दुवै वडासँगै सुन्दरहरैँचाबासीलाई पनि छोटो यात्रा आवतजावत गर्न सहज हुने बताए ।

झोलुङ्गे पुल निर्माण हुने भए पछि स्थानीयले खुसी प्रकट गर्दै बेलबारी वडा नं.२, ३ र सुन्दरहरैचा नगरपालिका वारी-पारी गर्न सहज हुने बताए । पुल नहुँदा लामो यात्रा गरेर लोकमार्ग नै पुग्नु पर्ने बाध्यताको अन्त्य हुने स्थानीय गोविन्द लिम्बु बताउँछन् । लिम्बु भन्छन्, ‘अब त निकै सहज हुन्छ पुल बनिसके पछि । छिटो वारी पारी गर्न खोलाले दिँदैन थियो । पुल बने पछि वारी पारी गर्न बेलबारी बजारको रोड पुग्नै परेन ।’

प्रतिक्रिया दिनुहोस्