हेप्पी क्लबद्वारा सुरजलाई आर्थिक सहयोग


बेलबारी । बेलबारी नगरपालिका वडा नं.३ निवासी आईतीमाया राईको छोरा वर्ष २५ का याकुब नामले परिचित सुरज राईको उपचार साथै औषधी खर्च तिर्न वडा नं.११ लक्ष्मीमार्गको हेप्पी क्लबद्वारा रु.१५ हजार सहयोग गरेको छ ।

उक्त रकम क्लबका सदस्य तेजबहादुर गुरुङ र सञ्जीव राईले आईतीमायाका बुहारी मञ्जु राईलाई प्रदान गरेका छन् । तेजबहादुर र सञ्जीवले सुरजलाई सक्ने सबै सहयोग गरे चाडै घर फर्कने आशा राख्दै अरूलाई पनि आर्थिक सहयोग गर्न आग्रह पनि गरेका छन् ।

सुरज मञ्जुकी जेठाजु हुन । मञ्जु भन्छिन्, ‘दाईलाई औषधी खर्च जुटाउन नसक्दा घर फर्काउन सकेको छैनौ । आर्थिक सहयोग भए चाडै दाईलाई घर फर्काउँथ्यौ ।’ उनीले सहयोग गर्नु हुने क्लबलाई धन्यवाद प्रदान गरेकी छिन ।

सुरज राईको च्यापु भाँचिएको शल्यक्रिया पश्चात् अस्पतालबाट डिस्चार्ज हुन औषधी खरिद तथा उपचारको रकम तिर्न नसक्दा पाएका छैनन् । सुरज विराटनगरको नोबेल अस्पतालबाट घर फर्कन नसकेका हुन । उपचारको क्रममा हेपाटाइटिस पनि देखिएको सुरजका आमा आईतीमाया राईले जनाएकी छिन ।

प्रतिक्रिया दिनुहोस्