धिमाल ज्वेलर्सको उद्घाटन


बेलबारी । बेलबारी नगरपालिका वडा नं.३ स्थित मालपोत टोलमा धिमाल ज्वलर्सको उद्घाटन भएको छ । नगर उपप्रमुख नितु थापा कोइरालाद्वारा सोमबार उद्घाटन भएको हो ।

उद्घाटन कार्यक्रममा शुभकामना प्रदान गर्दै बेलबारीमा थप रोजगार सृजना भएको बताइन । व्यावसायिक क्षेत्रमा पनि एक इँटा थपिएको विश्वास व्यक्त गरिन । उनले धिमाल जातीको सम्मानमा हातमा लगाउने एक गहना उद्घाटनको अवसरमा खरिद गरिन ।

कार्यक्रममा सानासहरी खानेपानी तथा सरसफाइ बेलबारीका अध्यक्ष रुकमणी धिमाल, बेलबारी वडा नं.३ का सदस्य चन्द्र राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम धिमाल ज्वेलर्सका प्रमुख केशर धिमालको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्