किरात राई सांस्कृतिक कलाकार संघ मोरङको अध्यक्षमा असीम : सचिवमा सुजन


मोरङ । किरात राई सांस्कृतिक कलाकार संघ जिल्ला कार्यसमिति, मोरङको अध्यक्षमा असीम राई चयन भएका छन् । शनिवार सुन्दरहरैँचामा सम्पन्न संघको चौथो सम्मेलनद्वारा असीम अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

उपाध्यक्षमा कविता राई, सचिवमा सुजन राई, सहसचिवमा निशा राई, कोषाध्यक्ष समन राई सदस्यमा संगिता राई र निशा राई निर्वाचित भएका छन् । खुल्ला सत्र खनेन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

खुल्ला सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा किरात राई सांस्कृतिक कलाकार संघका अध्यक्ष रामकर राईले संस्कार संस्कृति भाषाको पुस्ता हस्तान्तरण कार्य अनिवार्य भए मात्र पहिचान रहने बताए । सोही अभ्यासमा विश्व भरीका सबै राई समुदाय गम्भीर हुन आग्रह पनि गरेका छन् । मोरङमा पनि संघले चौथो सम्मेलनद्वारा पुस्ता हस्तान्तरण गरेको बताउँदै निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्