सुन्दरहरैंचामा टिफरको ठक्करबाट १८ महिनाको बालिकाको मृत्यु


सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा टिफरको ठक्करबाट १८ महिनाको बालिकाको मृत्यु भएको छ । सुन्दरहरैँचा वडा नं.१२ निवासी अननिया चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार वडा नं.१२ को भित्री सडकमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को १ ख ६८२५ नम्बरको टिफरले करिब ४ बजे दिउसो ठक्कर दिँदा बालिकाको घटना स्थलमा नै मृत्यु भएको हो ।

टिफर र केराबारी वडा नं.१० निवासी वर्ष ३५ को राजकुमार लिम्बु चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जनाएका छन् । प्रहरीका अनुसार अननिया हजुरबुवासँग घरबाट बाहिर निस्केकी थिइन ।

प्रतिक्रिया दिनुहोस्