त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निजी कम्पनीका दुई जहाज ठोक्कियो


काठमाडौँ, २२ कात्तिक ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निजी कम्पनीका दुई जहाज ठोक्किएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक पार्किङ वेमा पार्किङ गरिराखेको यतिको जहाजलाई श्री एयरलाइन्सको जहाजले छोएको हो ।

जहाजमा सामान्य क्षति भएको श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले जनाएका छन् । विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको महाप्रबन्धक मानन्धरले बताए ।

जहाजको निरीक्षणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र दुवै कम्पनीका अधिकारीहरू खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्