नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारीको अध्यक्षमा कुमार बोखिम


बेलबारी । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारीको अध्यक्षमा कुमार बोखिम निर्वाचित भएका छन् । शनिवार सम्पन्न तेस्रो अधिवेशनद्वारा बोखिम अध्यक्षमा निर्वाचित भएका हुन ।

कमल गुरुङ र रुकमणी धिमाललाई पराजित गर्दै बोखिमले महासंघको नेतृत्व पाएका छन् । बोखिम र गुरुङ यस अघि दुवै उपाध्यक्ष थिए भने धिमाल सचिवालय सदस्य थिइन ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारीमा आबद्ध १६ जातीय संस्थाका प्रतिनिधिले दिएको भोटमा बोखिमलाई ९, गुरुङलाई ६ र धिमाललाई १ मत खसेको थियो । बेलबारीमा महासंघको समिति गठन प्रक्रियामा सहमतिबाट टुङ्गो नलागे पछि पहिलो पटक अध्यक्ष पदमा चुनाव भएको हो ।

अध्यक्षमा थप १ जना दुर्गा नाथ याक्खाको उम्मेदवारी रहेको थियो । तर याक्खा लेखा समितिको संयोजकमा सहमतिमा चयन भएका छन् । उपाध्यक्षमा लक्ष्मी नारायण चौधरी, मिनु राई, केशव थापा मगर, सचिवमा सीता गुरुङ, सहसचिवमा प्रभाकर राजवंशी, गंगामाया सुनुवार, सुशीला भुजेल, कोषाध्यक्षमा तिल बहादुर श्रेष्ठ, सदस्यमा लोक बहादुर माझी, रामदेव उराउ, मञ्जु मुर मुर, गीता देवी दनुवार सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्