बेलबारी नगर स्तरीय एक दिने नकआउट बुद्धिचाल (चेस) प्रतियोगिता भोलि


बेलबारी । बेलबारी नगर स्तरीय एक दिने नकआउट बुद्धिचाल (चेस) प्रतियोगिता भोलि शनिवार हुँदै छ । काकुम युवा समूह बेलबारी ४ को आयोजनामा एक दिने नकआउट बुद्धिचाल प्रतियोगिता हुन गइरहेको हो ।

बेलबारी ४ मा रहेको यलम्बर इङ्लिस स्कुलमा बिहान ७ बजे देखी खेल सुरु गर्ने समूहका अध्यक्ष बिकी मगरले जनाएका छन् । ११ वडाबाट नै खेलाडीहरूको सहभागी हुने अध्यक्ष मगरले बताएका छन् । आज बेलुकी ५ बजेसम्म नाम दर्ता गराई सक्नु पर्ने अन्तिम मिति रहेको थियो । ४० जना खेलाडीको नाम दर्ता भएको अध्यक्ष मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्