गरिब तथा जेहेन्दार विद्यार्थी र एकल महिलालाई इन्द्रपुर जेसीजले २ महिने कम्प्युटर तालिम दिने


सुन्दरहरैँचा । इन्द्रपुर जेसीजले गरिब तथा जेहेन्दार विद्यार्थी साथै एकल महिलालाई २ महिने प्राविधिक कम्प्युटर तालिम दिने भएको छ । शनिवार इन्द्रपुर जेसीजले पत्रकार सम्मेलनद्वारा फागुन १५ गते देखी कम्प्युटर बेसिक तालिम प्रदान गर्ने जनकारी गराएको हो ।

सिप विकास तथा आत्मनिर्भर बनाउने उद्देश्यले विशेष गरी एकल महिला र गरिब तथा जेहेन्दार विद्यार्थीलाई सुन्दरहरैँचा वडा नं.१२ मा रहेको रेसा परामर्श केन्द्रको आर्थिक सहयोग र वडा नं.१० मा रहेको कम्प्युटर प्वाइन्ट नेपालको प्राविधिक सहयोगमा तालिम प्रदान गर्न लागेको अध्यक्ष विना सुवेदी आचार्यले बताइन । आफू महिला भएको कारण महिलालाई प्राथमिकता दिने उनी बत्ताऊ छिन ।

उक्त सम्मेलनमा रेसा परामर्श केन्द्र, कम्प्युटर प्वाइन्ट नेपाल र इन्द्रपुर जेसीज बिच त्रिपक्ष सम्झौता भएको छ । न्यून आय तथा विपन्न परिवारका ३० जना युवा युवतीलाई मात्र तालिम प्रदान गर्ने इन्द्रपुर जेसीजका अध्यक्ष सल्लाहकार तथा २०२१ का अध्यक्ष कृष्णप्रसाद ओझाले बताए । ओझाका अनुसार ३० जना मध्य ५ जना एकल महिला अनिवार्य रहने छन् । इन्द्रपुर जेसीजको उद्देश्य अनुसार वास्तविक प्रशिक्षार्थी फागुन १४ गते अन्तरवार्ताद्वारा छनोट गर्ने ओझाले जनाएका छन् ।

सुन्दरैहरैँचा नगरपालिकाको लागि मात्र सीमित नरहेर तालिममा सहभागीको लागि सबै पालिकाको लागि खुल्ला राखिएको छ । आवेदन फारम फागुन १३ गते सम्म बुझाई सक्नु पर्ने महासचिव समीर बस्नेतले जनाएका छन् । आवेदन फारम सि.पि.एन, रेसा परामर्श केन्द्रको सचिवालयबाट प्राप्त गर्न सकिने बस्नेतले बताएका छन् । आवेदन फारमको लागि अध्यक्ष विना सुवेदी आचार्यको ९८४२३७३०००, रेशा परामर्श केन्द्रका प्रमुख घनश्याम आचार्यको ९८५२०६४३२० मा सम्पर्क गर्न महासचिव बस्नेतले तालिममा सहभागी हुन इच्छुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्