विराटचोक महोत्सवको चौथो दिन डि.एन.एक्स आउने


सुन्दरहरैँचा । सुन्दरहरैँचामा जारी विराटचोक महोत्सव एण्ड फुट फेस्टिभलको चौथो दिन डि.एन.एक्स नामले चर्चित र्‍यापर गायक दिनेश नेपाली आउने भएका छन् । बुधवार दिनेश नेपालीको प्रमुख प्रस्तुति रहने विराटचोक महोत्सवका संयोजक भविन पाण्डेले जनाएका हुन ।

झरना युवा क्लब विराटचोकद्वारा आयोजित महोत्सव ७ गते देखी सुरु भएको हो । गरिब तथा जेहेन्दार छात्रवृत्तिहरूलाई छात्रवृद्धि तथा सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गर्ने उद्देश्यले महोत्सव गरेको क्लबका अध्यक्ष प्रलात पाठकले बताएका छन् ।

महोत्सवको पहिलो दिन हास्य कलाकार मनोज गजुरेलको प्रमुख प्रस्तुति रहेको थियो भने दोस्रो दिन गायिका प्रविसा अधिकारी आएकी थिइन । तेस्रो दिन गायिका आस्था राउतको प्रमुख प्रस्तुति रहेको थियो । कार्यक्रममा स्थानीय कलाकार तथा गायकहरूको प्रस्तुति पनि रहँदै आएको छ ।

आर्थिक संयोजक युवेन गुरुङका अनुसार स्थानीय व्यवसाय तथा उत्पादन प्राथमिकता दिएर स्टलको व्यवस्थापन गरिएको छ । करिब ५० भन्दा बढी स्टलहरू रहेको स्टल व्यवस्थापनका संयोजक सचिन मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्