बसले ठक्कर दिँदा बेलबारी २ एक युवकको मृत्यु : एक घाइते


बेलबारी । मोरङको बेलबारीमा यात्रुवाहक बसले ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधवार बिहान करिब ६ः१५ मा पूर्व–पश्चिम लोकमार्गमा भएको दुर्घटनामा बेलबारी वडा नं.२ निवासी लेखनाथ चौहानको मृत्यु भएको हो ।

पोखरा पश्चिम जाँदै गरेको ना ५ ख ६९४२ नम्बरको बस ठक्करबाट १९ वर्षीय चौहानको मृत्यु भएको हो । बसले बेलबारी २ निवासी अर्का १८ वर्षीय राम बस्नेतको साइकललाई पनि ठक्कर दिएको छ । बस्नेत भने घाइते भएका छन् । प्रहरीका अनुसार बस्नेतको हात र आँखाको डिलमा चोट लागेको छ । बस्नेतलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्