बेलबारीमा हात्तीपाइले रोग निवारणको औषधी खुवाउने कार्य सुरु


बेलबारी । बेलबारी नगरपालिकामा हात्तीपाइले रोग निवारणको औषधी खुवाउने कार्य सुरु भएको छ । बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाले बिहीबार राष्ट्रिय हात्तीपाइले रोग निवारण २०७९ शुभारम्भ समारोहको आयोजना गरी औपचारिक रूपमा सुरुवात गरेको हो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, प्रमुख प्रशासकीय अधिकृत गणेश, १ नं.प्रदेश नेपाल प्रहरी अस्पताल, बेलबारीका प्रमुख डा.सरोज सिंह र इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले औषधी सेवन गर्दै औपचारिक सुरुवात गरेका छन् । यसले हात्तीपाइलेको औषधी सेवन गर्न डराउनेहरूलाई सन्देश प्रदान गरेको छ ।

नगरप्रमुख राई साथै १ नं.प्रदेश नेपाल प्रहरी अस्पताल, बेलबारीका प्रमुख डा. सिंहले औषधी सेवन गर्न आग्रह पनि गरेका छन् । एक जनाको कारण अरूलाई पनि असर पुराउनु भन्दा, रोग लाग्नै नदी औषधी सेवन गर्न नगरवासीलाई आग्रह गरेका हुन । २ वर्ष भन्दा मुनी, गर्भवती, ७ दिन सम्मको सुत्केरी, जटिल बिरामी बाहेक स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा रहेर सबैले औषधी सेवन गर्न नगर प्रमुख राईले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्