सुन्दरहरैँचा नपाद्वारा शुक्रबारेका कृषकलाई कृषि सामग्री हस्तान्तरण


मणिराम दाहाल – सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक समूहलाई १० लाख ७० हजार मूल्य बराबरको विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ । नगरको वडा न. ११ शुक्रबारे स्थित सूर्य तरकारी पकेट समितिको सहकार्यमा कृषक समूह तथा नगरपालिकाको साझेदारी रकममा आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको समितिका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।

कृषकहरूलाई मिनी पावर टिलर ,मोटर , पावर स्प्रे, कपडाको पाइप ,विभिन्न किसिमका तरकारीको बीउ लगायतका सामान जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा वितरण गरिएको नगर प्रमुख केदारप्रसाद गुरागाईँले जानकारी दिए । उनले व्यावसायिक रूपमा तरकारी खेती गरिरहेका कृषकहरूको सहयोगका लागि नगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको उल्लेख गरे ।

नगरपालिकाको ५ लाख ४० हजार तथा किसानको ५ लाख ३० हजार रुपैयाँ साझेदारीमा सामग्री किनेर वितरण गरिएको सुन्दरहरैँचा नपाका कृषि शाखा प्रमुख सुदिप भण्डारीले बताए । तरकारी पकेट समितिमा हाल ३० जना किसान आबद्ध छन् । उनीहरूले २५ हेक्टर जमिनमा तरकारी खेती गरिरहेका छन् । तरकारी पकेटको सार्वजनिक सुनुवाइ अनुगमन तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रमबाट आफू प्रभावित भएर स्वदेशमा व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको स्थानीय कृषक मोहनलाल श्रेष्ठले बताए ।

कृषि सामग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष विशमलाल चौधरी, नपाका लेखा अधिकृत शेखर ढकाल लगायतकाले सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन ताेया पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्