इन्द्रपुर नमुना मा.विको २१ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न


सुन्दहरैँचा । इन्द्रपुर नमुना मा.विको २१ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । सुन्दहरैँचा नगरपालिका वडा नं.१२ मा रहेको इन्द्रपुर नमुना मा.विको शनिवार २१ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

प्रमुख अतिथि तथा प्याब्सन प्रदेश कमिटीका अध्यक्ष टिकाराम ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्रपुर नमुना मा.विको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन तथा स्वागत मन्तव्य स्कुलका विद्यार्थी आफैले गरेका थिए । कक्षा ९ मा अध्ययनरत अतिदी पनेरु र कक्षा ८ का कृपा थापाले उद्घोषण गरेका थिइन भने स्वागत मन्तव्य प्रतीक्षा अधिकारीले गरेकी हुन ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रमको साथै मिस्टर एण्ड मिस नमुना किड्स २०७९ प्रतियोगिता पनि भएको थियो । विद्यार्थीहरूले कविता पनि वाचन गरेका थिए । कार्यक्रममा पुस्तकसँगै व्यवहारिक ज्ञान अनिवार्य छ भन्ने आशयका साथ वर्ष भरी सिकेका विषयलाई विद्यार्थीहरूले प्रदर्शनी गरेका थिए ।
विद्यालयले विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । एक्सपेरिमेन्ट प्रदर्शनी पनि भएको थियो । कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं.१२ का वडा अध्यक्ष रोशन ढकाल, नगर प्याब्सन अध्यक्ष दीपेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

वार्षिक रूपमा विद्यार्थीहरूको क्षमतालाई निखार्न निरन्तर सृजनशील वार्षिक उत्सव मनाउँदै जाने विद्यालयका प्रबन्धक निर्देशक उत्सव थापाले बताएका छन् । कार्यक्रम विद्यालयका प्रधानाध्यापक शान्तिराम गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्