रिल्ली घले वंशावली खोज एकता समाज नेपालको प्रथम ऐतिहासिक पार्षद् भेला सम्पन्न


विराटनगर । रिल्ली घले वंशावली खोज एकता समाज नेपालको प्रथम ऐतिहासिक पार्षद् भेला तथा वंश भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मोरङको बेलबारीमा शनिवार एक कार्यक्रम आयोजना गरी पार्षद् भेला तथा वंश भेटघाट कार्यक्रम भएको हो ।

रिल्ली घले वंशावली खोज एकता समाज नेपाल प्रदेश १ का अध्यक्ष डम्बर बहादुर रिल्ली घलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति पूर्व निर्देशक कर्ण बहादुर रिल्ली घलेको सहभागिता रहेको थियो । कार्यक्रममा उनले रिल्ली घलेहरू सङ्गठित भएर आफ्नो हक-अधिकारमा लागि पर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा तहुह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय सचिवालय सदस्य केशरमान गुरुङ, समाजसेवी राजिन रिल्ली घले, लामिछाने गुठी समाज नेपालका केन्द्रीय खम्ब सिंह गुरुङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्