नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित


काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन् । संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१ मतभार पाए ।

अहिले कायम रहेकी राष्ट्रपति विद्या भण्डारीले दुई कार्यकाल राष्ट्रपति सम्हालेकी हुन् । मुलुकको प्रथम राष्ट्रपति नेपाली काँग्रेसका तत्कालीन महामन्त्री डा. रामशरण यादव बनेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्