बेलबारीमा ५ औँ मेयरकप फुटबल प्रतियोगिता सुरु : उद्घाटन खेलमा वडा नं.२ विजयी


मोरङ । बेलबारीमा ५ औँ मेयरकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं.२ विजयी भएको छ । बेलबारी नगरपालिकाको आयोजनामा आज (बुधवार) बाट वडा नं.४ स्थित बेतना खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं.६ लाई पराजित गर्दै २ विजयी भएको हो ।

खेलको निर्धारित सयमा पहिलो र दोस्रो हाफ गोल विहीन सकिए पछि ट्राई ब्रेकरमा ४–३ गोलको अन्तरले हार बेहोर्दै बेलबारी वडा नं.६ को टिम प्रतियोगिताबाट बाहिरिएको छ भने वडा नं.२ दोस्रो चरणको खेलमा प्रवेश गरेका छ । खेलको मेन अफ दि म्याच वडा नं.६ का खेलाडी सन्दीप आचार्य घोषित भएका छन् ।

५ औँ मेयरकप फुटबल प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईद्वारा भएको हो । राईले कार्यक्रममा शुभकामना प्रदान गर्दै मेयरकप फुटबल प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूको उत्पादन हुने धारण व्यक्त गरे ।

प्रतियोगिताको विजेताले रु.१ लाख १ हजार र उपविजेताले रु.५१ हजार प्राप्त गर्ने नगर खेलकुद समितिका अध्यक्ष विक्रम राईले जनाएका छन् । उनका अनुसार दोस्रो दिनको खेल वडा नं.७ र ९ बिच खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस्