बेलबारी बहुमुखी क्याम्पसको स्व.वि.युको सभापतिमा पुष्कल निर्वाचित : सचिवमा विप्लव


बेलबारी । बेलबारी बहुमुखी क्याम्पसको स्व.वि.युको सभापतिमा नेपाल विद्यार्थी संघका पुष्कल सुवेदी निर्वाचित भएका छन् । पुष्कल निर्विरोध सभापति भएका हुन ।

सचिवमा अनेरास्ववियुका विप्लव पोख्रेल निर्वाचित भएका छन् । कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) कपिल विष्ट, खुल्ला तर्फ सदस्यमा नवराज भुजेल, किसन चौधरी, रमादेवी गिरी, शंकर थापा, एलिना राजवंशी भएका छन् । समानुपातिक तर्फ आरती ठाकुर, दीपक गुरुङ, निकेश सुवेदी, सुजन बस्नेत, सिद्धार्थ शाह, रंजिता थापा र सञ्जीव थापा निर्वाचित भएका छन् ।

बेलबारी बहुमुखी क्याम्पसको यो पहिलो स्व.वि.यु समिति हो ।

प्रतिक्रिया दिनुहोस्