“मिस्टर धरान“ को उपाधि सन्दीपले चुमे : उपविजेता बने बेलबारीका मनोज सुवेदी


धरान । चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता २०७९ को उपाधि सन्दीप गिरीले चुमेका छन् । धरानको वडा नं.१३ स्थित अमर सेवा समाजको भवनमा शनिवार सम्पन्न प्रतियोगितामा एनि टाइम फिटनेसका गिरी २१ औँ मिस्टर धरान बन्न सफल भएका छन् ।

गिरी ८० किलोग्राम तौल समूहका विजेता हुन । उपविजेता भने बेलबारीका मनोज सुवेदी भएका छन् र कमल तामाङ तेस्रो भएका छन् । विजेताले रु.१ लाख नगद साथै दुई लाख बराबरको जिम सामग्री र ट्रफि प्राप्त गरेका छन् । उपविजेताले रु.४० हजार, तेस्राले रु.३० हजार र चौथोले रु.२० हजार सहित तिनै जनाले रु.१ लाख बरबरको जिम सामाग्री र ट्रफि प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्