बेलबारी वडा नं.१ सेमिफाइनलमा प्रवेश : ५ औँ वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिता


बेलबारी । बेलबारीमा जारी ५ औँ वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नं.१ प्रवेश गरेको छ । सोमबार भएको खेलमा बेलबारी वडा नं.११ लाई ३ गोलको अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३ मिनेट नपुग्दै वडा नं.१ का खेलाडी आनन राईले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । राईले पुनः ३७ मिनेटमा दोस्रो गोल गरे । डेबिट मगरले खेलको ६० मिनेटमा तेस्रो गोल गरेसँगै सेमिफाइनलको यात्रा सुनिश्चित भएको छ । मौसम खराबीसँगै पानी जारीमा खेलेको खेल वडा नं.११ को लागि भने अफाप भएको छ । वडा नं.११ ले ३ गोल विरुद्ध कुनै गोल गर्न सकेन ।

खेलको मेन अफ द म्याच वडा नं.१ का खेलाडी आनन राई घोषित भएका छन् । आयोजकका अनुसार भोलि वडा नं.३ र ५ बिच खेल हुने छ । भोलि हुने खेलको विजेताले वडा नं.२ सँग सेमिफाइनल खेल्ने बेलबारी नगर खेलकुद समितिका सदस्य शङ्कर सुवेदीले जनाएका छन् । प्रतियोगिता नगर खेलकुद समितिका अध्यक्ष विक्रम राईको अध्यक्षतामा भइरहेको छ । फाइनल खेल चैत ११ गते हुने छ ।

प्रतिक्रिया दिनुहोस्