बेलबारी वडा नं.४ फाइनलमा प्रवेश : ५ औँ वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिता


बेलबारी । बेलबारी नगरपालिका वडा नं.४ को फुटबल टिम फाइनलमा प्रवेश गरेको छ । आफ्नै वडाको खेल मैदान बेतना खेलमैदानमा जारी मेयरकप फुटबल प्रतियोगिताको ८ औँ दिन बेलबारी २ लाई हराउँदै वडा नं.४ फाइनलमा पुगेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल नभए पछि ट्राईब्रेकरमा ३-१ गोल अन्तरले वडा नं.२ लाई ४ ले पराजित गरेको हो । मेन अफ द म्याच बेलबारी ४ का गोल किपर लक्ष्मण परियार घोषित भएका छन् । भोलिको खेल वडा नं.१ र ३ बिच हुने आयोजकले जनाएको छ ।

(बेलबारी वडा नं.४ को फुटबल टिम)

(बेलबारी वडा नं.२ को फुटबल टिम)

प्रतिक्रिया दिनुहोस्