बेलवारीमा एकता बचत तथा ऋण सहकारीको २५ औँ साधारणसभा सम्पन्न


बेलवारी , २३ कात्तिक । बेलवारी १ स्थित नेपाल तमु बुद्धिष्ट गुम्बामा एकता बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारणसभा शनिवार सम्पन्न भएको छ ।

२५औँ साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका कोषध्यक्ष जीवन बस्नेतले दीप प्रज्जवल्न गरेर गरेका थिए ।
सरकारले एक व्यात्ति एक सहकारी नीति अपनाएकोले संस्थामा अबुज भएर गल्ती गरेमा कानुनले दण्ड गर्ने प्रमुख अतिथि बस्नेतले बताए । संस्था सञ्चालन गर्न समस्या आए सहजीकरण गर्न तालिम प्रदान गर्ने उनले बताए ।

संस्थामा अवद्ध जेष्ठ नागरिक मिठू गुरुङ , सीतादेवी पराजुली र मन कुमारी तामाङ, असल बचतकर्ता अम्बिका सुवेदी, चन्द्रकुमारी राई, धनुषा सैयजु, कुमारी राई, मेनु लिम्बु, मनिता ढकाल, निर्मला सुवेदी, सीता शर्मा, सीता माया राई, सृष्टि खुलाल, तेजी राई, तुलसा लिम्बु, विमला कार्की राई, विष्णुमाया लिम्बु, चित्रमाया राई, इन्द्रमाया गुरुङ, उर्मिला गुरुङ,सुरक्षा खुलाललाई संस्थाले सम्मान गरेको छ ।

साथै खुत्रुके बचतकर्ता अक्षता श्रेष्ठ , बाल बचतकर्ता शिवानी खड्का, एस.इ.इ प्रियङ्का पराजुली, धेरै सदस्यता वृद्धि गराउने कर्मचारी सानु राईलाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष सीता खुलालले अ.व.०७५।०७६ को प्रतिवेदन प्रस्तुत गरे भने सचिव तिर्सना राईले आ.व. ०७५।०७६ को कार्यप्रगती विवरण तथा आ.व. ०७६।०७७ को प्रस्तावित कार्ययोजना प्रस्तुत गरेकी थिइन । कोषाध्यक्ष विमला लिम्बुले आ.व.०७६।०७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

महिला प्रतिभा सङ्घका वरिष्ठ उपाध्यक्ष भगवती क्षेष्ठ, सल्लाहकार संयोजक कुन्ती गुरुङ र सल्लाहकार सदस्य जगत ब. क्षेत्रीले शुभकामना मन्तव्य दिए । कार्यक्रम सञ्चालन सचिव राईले गरेकी थिइन् भने अध्यक्ष खुलालको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्