बेलबारी वडा नं.१ फाइनलमा प्रवेश : ५ औँ वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिता


बेलबारी । बेलबारीमा जारी ५ औँ वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं.१ पुगेको छ । प्रतियोगिताको ९ औँ दिन अन्तिम सेमिफाइनल खेलमा बेलबारी १ ले ३ लाई ३-१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

आजको खेलमा पहिलो गोल बेलबारी ३ ले गरेका थिए । वडा नं.३ का खेलाडी अजित राईले गोल २७ मिनेटमा गोल गरेका थिए । तर वडा नं.३ का खेलाडी तथा समर्थकले राम्रोसँग खुसी मनाउन नपाई ३ मिनेटको फरकमा खेलको ३१ मिनेटमा वडा नं.१ का खेलाडी डेबिट मगरले गोल गरेर बराबरी बनाएका थिए । पहिलो हाल्फ १–१ गोलको बराबरीमा सकियो ।

दोस्रो हाल्पमा वडा नं.१ ले २ गोल गरे हो । वडा नं.१ का खेलाडी नवीन राईले ६३ मिनेटमा गोल गरेका थिए । उक्त गोलले वडा नं.३ लाई तनाव सृजना गरेसँगै आनन राईले ६७ मिनेट थप गोल गरे । आननको गोल वडा नं.१ लाई फाइनल प्रवेशको लागि निर्णायक बन्न पुगो । मेन अफ द म्याच आनन राई घोषित भएका छन् ।

बेलबारी १ कालो जर्सीमा थिए भने वडा नं.३ सेतोमा थिए । फाइनल खेल बेलबारी वडा नं.१ र ४ बिच हुने निश्चित भएको छ । वडा नं.४ ले २ लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । बुधवार वडा नं.४ ले २ लाई ट्राईब्रेक्ररमा ३–१ गोलको अन्तरले हराएको हो ।

फाइनल खेल चैत ११ गते हुने छ । प्रतियोगिताको विजेताले रु.१ लाख १ हजार र उपविजेताले रु.५१ हजार प्राप्त गर्ने नगर खेलकुद समितिका अध्यक्ष विक्रम राईले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्