इटहरी गोल्डकप विजेता सुन्दरहरैँचाका फुटबल टिमलाई नगरपालिकाद्वारा सम्मान तथा बधाई


सुन्दरहरैँचा । सुन्दहरैँचा नगरपालिकाले सगरमाथा यूथ क्लब तथा खेलाडीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । शनिवार सम्पन्न इटहरी गोल्डकपको उपाधि चुमेका सगरमाथा यूथ क्लबबाट खेलेका फुटबल टिम सुन्दहरैँचाका खेलाडीलाई नगरपालिकाले बधाई तथा सम्मान गरेको हो ।

सगरमाथा यूथ क्लबले फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई सडन डेथमा ६–५ गोल अन्तरले हराएको हो । गत वर्षको विजेता पनि सगरमाथा यूथ क्लब भएका थिए । विजेता सगरमाथा यूथ क्लबले नगद पुरस्कार १० लाखसहित ट्रफी प्राप्त गरेको छ ।

देशभरिबाट सहभागी भएका फुटबल समूहलाई पराजित गर्दै, सुन्दरहरैँचाले उपाधि हासिल गर्दा नगरवासी उत्साहित छन् भने नयाँ पुस्ताका खेलाडीहरूलाई हौसला मिलेको स्थानीय खेलाडीहरू बताउँछन् ।

खेलाडीलाई सम्मान गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईँले एघारौँ नगरसभाबाट खेलकुद, शिक्षा तथा अन्य ऐनहरू निर्माणसँगै कार्यान्वयनको चरणमा रहेको जानकारी दिएका छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी वडा १० निवासी महेन्द्र कार्कीलाई रु.१ लाख सहयोग प्रदान गर्ने नगरप्रमुखले बताएका छन् । क्लबलाई पनि आवश्यक आर्थिक सहयोग गर्ने नगरप्रमुख गुरागाईँले बताए ।

प्रतिक्रिया दिनुहोस्