गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त


पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

पाण्डेले बिहीबार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री दाबी पेस गरेका थिए । धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखबाट भएको आह्वान अनुसार पाण्डेले दाबी पेस गरेका थिए । काँग्रेस, माओवादी र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्