सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहद्वारा विपन्न ६० परिवारले पाए निःशुल्क स्वास्थ्य बिमा


बेलबारी । सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह बेलबारी ८ ले ६० परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्दिएको छ । समूहको गरिब तथा विपन्न उपभोक्ता परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको हो ।

समूहले बुधवार गरिबी निवारण अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमको आयोजना गरी प्रति परिवार रु.३ हजार ५ सय भुक्तानी गर्दिएर उपभोक्ताहरूलाई बिमा कार्ड हस्तान्तरण गरेको छ । समूहका अध्यक्ष सम्मर बहादुर तामाङ, सचिव उर्मिला राई र कोषाध्यक्ष विर्ख बहादुर लिम्बुले उपभोक्ताहरूलाई बिमा कार्ड हस्तान्तरण गरेका हुन ।

अध्यक्ष तामाङ निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भएकोले आगामी दिनमा पनि निरन्तरता दिन सक्ने बताएका छन् । उपभोक्ताको माग र उपलब्धिमूलक कार्यक्रमलाई ध्यानमा राखेर योजना तय गर्ने उनले बताए ।

समूहले लक्षित कार्यक्रममा गरिबी निवारण कार्यक्रम अन्तर्गत गत वर्षदेखि निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको कोषाध्यक्ष लिम्बुले जनाएका छन् । गत वर्ष करिब २५ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको समूहका सचिव लिम्बुले बताए ।

प्रतिक्रिया दिनुहोस्