एकता बचतको अध्यक्षतामा तामाङ चयन


मोरङ,२४ कात्तिक । एकता बचत तथा ऋण सहकारी संस्था बेलवारी मोरङको अध्यक्ष उषा तामाङ भएकी छन् । संस्थाको २५औँ वार्षिक साधरणसभाले तामाङलाई चयन गरेको हो ।

शनिवार बेलवारी–१ स्थित नेपाल तमु बुद्धिष्ट गुम्बामा सम्पन्न अधिवेशनले तामाङको अध्यक्षतामा ९ कार्य समिति गठन गरेको छ । उक्त समितिमा उपाध्यक्षमा भीममाया राई, सचिव तिर्सना राई, सह–सचिव शकुन्तला सुवेदी, कोषाध्यक्ष विमला लिम्बु सदस्यामा सितामाया राई, लक्ष्मी पराजुली, उमा राई, राधा लिम्बु छिन ।

साथै संयोजक होम बहादुर राई नेतृत्वमा ३ सदस्य लेखा समिति गठन भएको छ । सदस्यमा भारती सुवेदी, सुजना दाहाल चयन भएको छन् ।

प्रतिक्रिया दिनुहोस्