गाउँपालिका अध्यक्षलाई लक्षित गरी गरिएको अभिव्यक्ति प्रति फेडरेसनको आपती


कानेपोखरी, २२ वैशाख। मोरङको कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई लक्षित गरी गरिएको अभिव्यक्तिहरू प्रति कानेपोखरी महिला फेडरेसनले भर्त्सना गरेको छ । बिहीबार रमाइलोमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष इङ्नाम प्रति लक्षित गरी जाती, धर्म, संस्कार, संस्कृति खलल हुने खालका अभिव्यक्ति प्रति घोर भर्त्सना गरेको हो ।

केही व्यक्तिहरूले गाउँपालिकाको अध्यक्षको कार्यकक्षमा मात्र ताला लगाउनु, प्रमुख प्रशासकीय अधिकृतको हाजिरी रोक्नु कार्यपालिकाको बैठकले नै गरिएता पनि अध्यक्षलाई मात्र लगाउनु जस्ता कार्यले महिला भएकै कारण हेपिएको वितरित विज्ञप्तिमा उल्लेख थियो । गाउँपालिकाको केन्द्र सार्ने विषयमा गाउँसभाको बहुमत सदस्यले सार्ने पक्षमा निर्णय गर्दा पनि किन अध्यक्षलाई मात्र लक्षित गरियो, कानुनी प्रक्रिया पुर्‍याई उपाध्यक्षलाई कार्यवाहक दिएर कानेपोखरी देखी तेह्रथुम सम्म पालिकाको गाडीमा जाँदा केही व्यक्तिहरूले सामाजिक सञ्जालमा गाडी हराएको सूचना हालेर अतिरञ्जित बनाउन खोजेकोमा त्यस कार्यको आपती रहेको विज्ञप्तिमा उल्लेख छ ।

अबका दिनमा यस्ता खालका असामाजिक गतिविधिहरू नगर्न अनुरोध गर्दै यस्ता गतिविधिहरू दोहोर्‍याएमा कानेपोखरी महिला फेडेरेसन प्रतिकारमा उत्रन बाध्य हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्