संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना


काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनाको विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

हेलिकप्टर दुर्घटना भएकोबारे जानकारी प्राप्त भएको र अहिले प्रहरी टोली त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले पनि हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्