बेलबारीमा “बुद्ध वाज बर्न इन नेपाल धिरज राई कन्सर्ट” सम्पन्न


बेलबारी । बेलबारीमा “बुद्ध वाज बर्न इन नेपाल धिरज राई कन्सर्ट २०८०” कार्यक्रम सम्पन्न भएको छ । बुद्ध जयन्तीको अवसरमा शुक्रवार वडा नं.१० स्थित मगर बौद्ध गुम्बामा कन्सर्ट सम्पन्न भएको हो ।

बुद्ध नेपालमा जन्मेको हो भन्ने प्रचारको अभियानमा लामो समय देखी गायक धिरज राई विश्वभर भ्रमण गरिरहेका छन् । उक्त अभियानलाई साथ दिँदै बुद्ध जयन्तीको अवसरमा कन्सर्ट गरेको आयोजक मगर बौद्ध गुम्बा, बेलबारी नगर समितिले जनाएको छ ।

भारतले बुद्धको जन्म नेपालमा भएको भन्ने अहिले सम्म स्विकार्न सकेको छैन । उच्च पदस्थका भारतीय नेता वा व्यक्तित्वहरू नेपाल भ्रमण आउँदा बुद्धको देश नेपाल भनेर भाषण गरेता पनि भारतद्वारा भ्रम प्रचार भने भइरहेको देखिन्छ । भारतीय सञ्चारमाध्यमले पनि बुद्ध भारतमा जन्मेको हो भनेर भ्रम प्रचार गरिरहेको कयौँ घटनाहरू देखेका छै ।

भारतले गर्ने भ्रम प्रचार विरुद्ध “बुद्ध वाज बर्न इन नेपाल” अभियान गायक राईले चलाई रहेका हुन । नेपालीलाई सामान्य लागे पनि यो विषय गम्भीर र संवेदनशील रहेको गायक राई बताउँछन् ।

भारतले गर्ने भ्रम प्रचारलाई तोड्न सके विश्वभरिका बुद्ध धर्मावलम्बीहरूको लागि नेपालको लुम्बिनी सबै भन्दा पवित्र तीर्थस्थल मुस्लिम समुदायहरूको मक्का जस्तै महत्त्व हुने मगर बौद्ध गुम्बा, बेलबारी नगर समितिका अध्यक्ष अमिर मगर बताउँछन् । अध्यक्ष मगर भन्छन्, ‘बुद्ध नेपालमा नै जन्मेको हो भन्ने सत्य विश्वलाई थाहा हुनु अनिवार्य छ ।’

कार्यक्रम बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रम उपप्रमुख नितु थापा, जातीय संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । गायक धिरज राईले आफ्नो नयाँ तथा पुराना सदाबहार रुचाइएका चर्चित गीतहरू, ‘स्वाइ ढोले’, ‘लुकी लुकी’, ‘तिमि रुँदा’, ‘सेक इँट बेबी’, ‘तिम्रो नयन’ लगायत बोलको गीतहरू गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्