कोशी नाम खारेजीको राँकेजुलुस प्रदर्शनीमा झडप


झापा । कोशी नाम खारेजीको माग गर्दै झापाको दमकमा भएको राँकेजुलुस प्रदर्शनीमा झडप भएको छ । आन्दोलनकारी र प्रहरीबिच झडप भएको हो ।

झडपमा प्रहरीसहित प्रदर्शनकारी दुवै पक्षबाट घाइते भएका छन् । धिमाल जाती विकास केन्द्रका उपाध्यक्ष केदार धिमालका अनुसार अर्जुनधारा ११ झापाका निर्मला लिङ्देन, दिक्षा क्षेत्री र ईलामको चुलाचुली १ का गजेन्द्र फागो लिम्बू घाइते भएका छन् । उक्त घाइतेहरूलाई उपचारको लागि लाइफ लाइन अस्पताल लगिएको धिमालले बताए ।

प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याँस प्रहार गरेको धिमालले बताए । प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । प्रहरी धमन विरुद्ध अझै सशक्त आन्दोलन गर्न तयार रहेको धिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्