महिलासँग आपत्तिजनक अवस्थामा भारतका तीन न्यायाधीश गेष्ट हाउसमा पक्राउ


भारत, २४ कार्तिक । भारतका तीन न्यायाधीशलाई नेपालको एक गेष्ट हाउसमा महिलासँग आपत्तिजनक अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

भारतको तल्लो अदालतका कोमल राम, जितेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता नाम गरेका तीन न्यायाधीश पक्राउ परेका हुन । पक्राउ परेका तीन न्यायाधीशलाई भारतको सर्वोच्च अदालतले विहार सरकारलाई निलम्बन गर्न अनुमति दिएको भारतीयको सञ्चार माध्यमबाट समाचार आएको छ ।

तिन न्यायाधीशलाई एक गेष्ट हाउसमा नेपाली प्रहरीले छापा मार्दा आपत्तिजनक अवस्थामा पक्राउ गरे पनि न्यायाधीश भएको थाहा पाएपछि छोडेको थिए । तर, उक्त घटना उल्झिएपछि उनीहरूमाथि छानबिन हुँदा कार्यक्षेत्रमा नभएर अन्यत्र भएको तथ्य खुलेपछि निलम्बन गर्न अनुमति दिइएको हो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्