गोदावरी हस्पिटलमा विशेषज्ञ चिकित्सकको पूर्णकालीन, आइसियु र एन आइसियु सेवा विस्तार गरीदैँ


उर्लाबारी । उर्लाबारीस्थित गोदावरी हस्पिटलले आधा दर्जन बढी विशेषज्ञ चिकित्सकका साथमा सेवा थप गरेको छ । विशेषज्ञ चिकित्सकले अब पूर्णकालीन भई सेवा प्रदान गर्ने जनाइएको छ ।

गोदावरी हस्पिटलमा बिमारीले आफूले चाहेको विशेषज्ञ चिकित्सकसँग परीक्षण, निदान तथा उपचार गराउन सहज व्यवस्था मिलाइएको छ । हस्पिटलका अनुसार वरिष्ठ कन्सल्टेन्ट फेमिनिष्ट फिजिसियन डा. सूर्यनारायण साहको नेतृत्वमा वरिष्ठ जनरल ल्याप्रेस्कोभी सर्जन डा. सुजन श्रेष्ठ, वरिष्ठ रेडियोलोजिष्ट डा. सूर्यनारायण बयर, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. शिवकुमार साह, वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुविन कर्ण, वरिष्ठ एनेस्थेसियालोजिष्ट रवीन्द्र साहलगायत उपलब्ध हुनेछन् ।

महिलासँग सम्बन्धित सम्पूर्ण रोगको उपचारमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ममता पण्डितको सेवा रहने जनाइएको छ । यसैबिच, गोदावरी हस्पिटलमा स्वास्थ्य बिमा सेवा अनलाइनमार्फत नवीकरण हुने भएको छ । सो हस्पिटलले स्थानीय स्तरमा नै पहिलो पटक सघन उपचारका लागि नयाँ उपकरणहरू भित्राएको छ । औजार उपकरण थप भएसँगै दक्ष विशेषज्ञ चिकित्सकहरूको सेवा थपिएको हो । विगतमा उपकरण र विशेषज्ञ अभावका कारण कतिपय बिरामीको रेफर गर्नु पर्ने बाध्यताको अन्त्य भएको हस्पिटलका बजार प्रतिनिधि प्रकाश चौहानले जनाउनुभयो ।

बिना चिरफार मिर्गौलाको पत्थरीको शल्यक्रिया हुने भएपछि गोदावरी हस्पिटल टाढाटाढाका बिमारीहरूको रोजाइमा पर्दै आएको छ । हस्पिटलका अध्यक्ष डा. सूर्यनारायण साहले आगामी साउन १ गतेबाट आइसियु र एनआइसीयु सेवा सुरु हुने जानकारी दिनुभयो । गम्भीर अवस्थाको बिरामीको ‘केयर’मा उत्कृष्ट कम्पनीका भेन्टिलेटर र एभीजीसहितको आइसियु र एनआइसीयु सेवाको तयारी थालिएको डा. साहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्