सर्वोच्च अदालतद्वारा रेशम चौधरीलाई जन्मकैद उच्च अदालतको फैसला सदर


काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्ने उच्च अदालतको फैसला सदर गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

टीकापुर घटनामा उच्च अदालत दिपायलले चौधरीसहितलाई जन्मकैदको फैसला गरेको थियो । योसँगै टीकापुर हत्याकाण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा सजाय काटिरहेका रेशम रिहा हुने सम्भावना सकिएको छ ।

दुवै पक्षको बहस र जवाफी बहस सकिएसँगै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो फैसला दिएको हो । यस मुद्दामा जोडिएका गंगाराम चौधरी र सीताराम चौधरीलाई भने सर्वोच्चे सफाइ दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्