सुन्दरहरैचामा उभौली साकेला चाड यले सम्बत ५०५३ कार्यक्रम सम्पन्न


सुन्दरहरैचा । सुन्दरहरैचामा उभौली साकेला चाड यले सम्बत ५०५३ कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोक्खा सुन्दरहरैचा नगरकार्य समितिको आयोजनामा वडा नं.१० मा रहेको किरात राई यायोक्खाको धार्मिक बनमा शनिवार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख तथा कि.रा.याका केन्द्रीय उपाध्यक्ष तिलक राईले क्रान्तिकारी कम्युनिस्ट पार्टी र प्रजातन्त्रवादी काँग्रेसलाई थुइक्क भनेका छन् । पहिचानसहितको प्रदेशको नामकरण गर्न नसकेको भन्दै राईले दुवै दारका पार्टीलाई थुकेका हुन । कोशी प्रदेश नाम खारेज गरी किरात प्रदेश पुनः नामकरण गर्नु पर्ने राईले माग राखेका छन् ।

राईले विधि प्रक्रिया विना संसदको डोका लगाएर गोप्य मत गरी प्रदेश नं. १ का जनताको भावना विपरीत फागुन १७ गते कोशी प्रदेश नाम राखेको आरोप लगाएका छन् । उनले भने,‘जनताले दिएको मत पहिचानवादीहरूले पनि दिएको थियो । पहिचान सहितको प्रदेश नामकरण गर्न चुनावमा मतदान प्रदान गरेर पठाएका थिए । तर जनताको भावना विपरीत नामकरण भयो, थुइक्क त्यही पहिचानसहितको प्रदेशको नाम पनि राख्न नसक्ने’ ।

कार्यक्रममा कि.रा.या केन्द्रीय सदस्य नवीन राई, मोरङका अध्यक्ष केदार राई, सुन्दरहरैचा नगर समितिका सल्लाकार भक्तकिरण राई लगायतले शुभकामना व्यक्त गर्दै पहिचान सहितको नामकरण गर्नै पर्ने बताए । कार्यक्रममा मोरङ भरीका विभिन्न पालिकाबाट साकेला नृत्य प्रदर्शनी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्