‘मिस नेपाल वर्ल्ड–२०२३’ को उपाधि श्रीच्छा प्रधानलाई


काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड–२०२३’ को उपाधि श्रीच्छा प्रधानले चुमेकी छिन् । शनिवार ललितपुरको गोदावरीमा भएको फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् ।

२३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छिन् । उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिराएकी हुन् । यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन् । २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड–२०२३ को उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्