जग्गाको कित्ताकाट फुकुवा गर्ने अर्थमन्त्री डा. महतको घोषणा


काठमाडौँ  । सरकारले जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गरेका छन् । हाल रोकिँएको कित्ताकाट अर्थमन्त्री डा. प्रकाशशरण महतले  फुकुवा गर्ने घोषणा  गरेका हुन ।

सोमबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कित्ताकाट खुला गरेको बताए ।  केही समयदेखि कित्ताकाट रोकिएको थियो। अर्थतन्त्रलाई चलायमान गराउने योजनासहित सरकारले कित्ताकाट खुलाएको हो।

आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्ष ११० स्थानीय तहमा २५ हजार भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने बताए ।

प्रतिक्रिया दिनुहोस्