किरात राई सांस्कृतिक कलाकार संघको अध्यक्ष शालिक सताशक राई


सुनसरी । किरात राई सांस्कृतिक कलाकार संघको अध्यक्ष शालिक सताशक राई भएका छन् । सुनसरीको धरानमा सम्पन्न संघको छैटौँ राष्ट्रिय महाधिवेशनबाट शालिक सर्वसम्मत चयन भएका हुन ।

त्यस्तै उपाध्यक्षमा रोशन राई, सुशीला राई, नवीन राई, महासचिवमा पदम थुलुङ राई, सचिवमा मुकेश राई, शुखकला राई, डिबी राई, कोषाध्यक्षमा मेनुका राई, सहकोषाध्यक्षमा खुसेनिछो चाम्लिङ राई, सदस्यमा अर्जुन कुलुङ राई, अनुका राई र राज के राई निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्