बेलबारी उद्योग वाणिज्य संघको अध्यक्षमा भेष कुमार श्रेष्ठ (अशोक) निर्वाचित


बेलबारी । बेलबारी उद्योग वाणिज्य संघको अध्यक्षमा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार भेष कुमार श्रेष्ठ (अशोक) विजयी भएका छन् । उनले स्वतन्त्र तर्फका उम्मेदवार माधवराज थापालाई १२७ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।

अशोकको नेतृत्वको एक सदस्यबाहेक सबै विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा सन्दीप राई, उद्योग उपाध्यक्षमा राजन गोर्खाली दर्नाल, वाणिज्य उपाध्यक्षमा केशव थापा मगर, महासचिवमा विवेक मिश्र, वाणिज्य सचिवमा टिकाराज श्रेष्ठ (रुपेश), उद्योग सचिवमा सुरेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा अर्जुन कुमार कार्की, सहकोषाध्यक्षमा वसन्त नेपालसहित ११ सदस्य निर्वाचित भएका छन् ।

अस्मिता सुवेदी, उर्मिला देवी तामाङ, कमला कुमारी श्रेष्ठ, काचीलाल धिमाल, खगेन्द्र खनाल, दिवस राई, नीरज चौधरी, राजु श्रेष्ठ, रामकाजी राई, सुजित कुमार शाह, शिव कुमार राई सदस्यमा निर्वाचित भएका छन् । स्वतन्त्र तर्फका भने एक सदस्य प्रशान्त निरौला निर्वाचित भएका छन् । अशोक प्यानबाट दिनेश मण्डल निरौलासँग पराजित भएका हुन ।

१२ वर्ष पछि भएको संघको निर्वाचनमा मतदाता उत्साहित थिए । ९३२ रहेको कुल मतमा ९२ प्रतिशत मत खसेको थियो । निर्वाचन समितिका संयोजक रमेश निरौलाका अनुसार ८५७ मत खसेको थियो ।

शनिवार मतदान सम्पन्न पश्चात् सोही बेलुकी करिब ११ बजेदेखि सुरु भएको मतगणना सोमबार बिहान करिब ८ बजे सम्पन्न भएको हो । निर्वाचन समितिले विजेताहरूको घोषण आज सोमबार नै गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्