बेलबारीमा प्रथम उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने


बेलबारी । बेलबारीमा प्रथम उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८० हुने भएको छ । बेलबारी नगरपालिकाको आयोजनामा जेठ २५ गतेदेखि २७ गतेसम्म प्रतियोगिता हुन गइरहेको हो ।

मंगलबार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । पुरुषतर्फ अण्डर नाईन्टिन एकलमा प्रथम हुनेलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रो हुनेलाई २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने सामाजिक विकास शाखा समिति, नगर खेलकुद विकास समितिका अध्यक्ष तथा बेलबारी ११ का अध्यक्ष विक्रम राईले बताए ।

अध्यक्ष राईका अनुसार पुरुषतर्फ जोडीमा प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार, ४५ उमेर माथिका भेट्रन खेलमा प्रथम हुनेले १० हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले ५ हजार, ५५ उमेर माथिका भेट्रन खेलमा प्रथम हुनेले १० हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले ५ हजार र महिला जोडीमा प्रथम हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय प्राप्त गर्ने छन् ।

कार्यक्रममा बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइराला, डाँगीहाट ब्याडमिण्टन क्लबका अध्यक्ष बलबहादुर मगर, ब्याण्डमिण्टन खेलाडी विकास श्रेष्ठको उपस्थिति रहेको थियो । प्रतियोगिता बेलबारी वडा १ मा रहेको कभर्ड हलमा हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलन विक्रम राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्