कोशी प्रदेशमा माओवादी केन्द्रको समर्थन फिर्ता : दुई मन्त्रीले दिए राजीनामा


विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमै फिर्ता लिएसँगै माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईँ र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।

मंगलबार विराटनगरमा बसेको माओवादी केन्द्र प्रदेश पदाधिकारीको बैठक र कोशी प्रदेश संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्