समाजबादी पार्टीका मेयरका उम्मेदवार गजेन्द्र इस्बोले मनाए पप्पी डे


धरान, २६ कात्तिक / धरान उपमहानगरमा हुनगैरहेको उप चुनावका समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले पप्पी डे गोर्खा भुपु दिवस मनाए ।

गोर्खा भुपु सैनिक समेत रहेका उम्मेदवार इस्बोले धरान वडा २० नम्बर वडा स्थित मोछामारामा रहेको गोर्खा स्मृति पार्कमा फुलको गुच्छा अर्पण गरेर पप्पी डे भुपु गोर्खा सिवस मनाए ।

 

यसअघि धरानमा रक्तदान सहित विविध कार्यक्रम गरेर मनाउने गरेका थिए।गोर्खा भुपु पार्कमा यो सालदेखी दिवस मनाउन सुरु गरेको कुरा उम्मेदवार समेत रहेका गजेन्द्र इस्बोले जानकारी दिए।उनले भुपुहरुको पहलमा गोर्खा पार्क बनाउन सुरु गरेको भन्दै आफूले पनि समाचारमा थाहा भए अनुसार राज्यले यस क्षेत्रमा चासो देखाएको बताए।यस कदम प्रति आभार व्यक्त गर्न चाहेको प्रस्ट पारे ।

प्रथम र दोस्रो विश्व युद्धमा ज्यान गुमाएका हजारौँ पुर्खाहरूको स्मृति हरेक ११ नोभेम्बर पप्पी दिवस मनाउने गरिएको इस्बोले जानकारी दिए।पप्पी दिवस भनेकै गोर्खाहरूको सम्झना भएको बताए ।

विगतका वर्षहरूमा ११ नोभेम्बरको दिनलाई पप्पी डेकोरुपमा मात्र मनाउँदै आएका भुपु गोर्खा सैनिकहरूले यो वर्षदेखि भने पुर्खा दिवस भन्न सुरु गरेका हुन् ।
पप्पी एक प्रकारको फुल हो जुन हावा लाग्दा सैनिकको छात्रा टोपी जस्तै हुने भएकोले तत्काल युद्धको बेला त्यो फुल फुलेको अवस्थामा रहेको बताए । त्यही पप्पी फुललाई सैनिकको छ्त्रे टोपीको बिम्ब बनाएर मार्मिक कविता लेखेकोले यसको महत्त्व अझ बढेर गएको बताए ।

पप्पी दिवस विश्वभर ११ नोभेम्बर मनाउनको कारण युद्धमा कैयौँको सङ्ख्यामा गोर्खा सैनिक मारिएकोले सम्झना गर्दै मनाउने प्रचलन भएको बताए । युरोपमा सम्मान स्वरूप नोभेम्बर महिनाभरि नै छातीमा पप्पी फूल सिउरिने चलन हुने बताए ।गजेन्द्र इस्पोका अनुसार पहिलो विश्वयुद्ध चलिरहँदा जर्मनी र युके, फ्रान्सको संयुक्त फोर्स्बिच फ्रान्सको उत्तरी क्षेत्रमा भीषण युद्ध भइरहेको थियो ।

विध्वंस, लास र रगतको आहालबिचमा पप्पी फूल फुल्यो । जुन फूललाई हावाले हल्लाउँदा छत्रे टोपी लगाएको सैनिकले परेड खेलेको झैँ देखिन्थ्यो उनले भने । पहिलो विश्वयुद्धको अन्त्य सन् १९१८ नोभेम्बर९११० ११ तारिखको ११ बजे घोषणा भएको थियो भने सन् १९२१ नोभेम्बर ९११० ११ तारिखको ११ बजेदेखि सबैले पप्पी फूल लगाउन थालेर पप्पी डे मनाउन सुरुवात भएको हो।

त्यसै गरी चुनाव कै सँघार भएकोले वडा नम्बर २० का युवासँग पनि उम्मेदवार भुपु सैनिक गजेन्द्र इस्बोले भेटघाट गरेको छ। धरानबाट गएको समाजवादी युवा प्रदेश अध्यक्ष श्री सुब्बा,मदन तामाङ, करुण राई, क्षितिज मगर, रवि पाख्रिन सहितको समूहले समेत युवासँग भेटघाट गरेको छ ।

भेटघाटपछि संयोजक मिलन राई, सदस्य युमन लिम्बू, निश्चल कुलुङ, उज्ज्वल राई, तुलबहादुर राई, सुमोन राई, रुपेन्द्र,राई, सल्लाहकार इन्द्र राई रहेको वडा नम्बर निर्वाचन परिचालन कमिटी गठन गरेको छ । समाजवादी पार्टीको वडा नम्बर २० मा आगामी मङ्सिर ३ गते घरदैलो कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्