बंगलादेशका राष्ट्रपति आए नेपाल


काठमाडौँ,२६ कात्तिक । तीन दशक पछि बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम् हमिदलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । ५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा बंगलादेशका राष्ट्रपति हमिद नेपाल भ्रमणमा आइपुगेका हुन् । राष्ट्रपति भण्डारीले हमिदको सम्मानमा आजै रात्रीभोज आयोजना गर्ने भएकी छिन् ।

 

 

नेपाल भ्रमणमा हमिदले समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल र बङ्गलादेश दुई देशबिच व्यापारिक सम्बन्ध भएको २३ वर्ष भइसकेका छन् ।

दुई देशबिच व्यापार सन्तुलन नेपालले गुमाउँदै गइरहेको अवस्थामा हमिद नेपाल आएका छन् । स्रोतका अनुसार व्यापार सन्तुलन प्रवर्धनको लागि राष्ट्रपति हमिदको भ्रमण भएको हो।

प्रतिक्रिया दिनुहोस्